Category Archives: Nepali

Photo: Self

पुबुदु इफेक्ट

नेपाल वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता बनेर घर र्फकदा, एयरपोर्टमा करीब १००-१५० को भीड आफ्ना खेलाडिहरुको स्वागतार्थ भेला थिए । स्वाभाविक कुरो, आफ्नो हिरोहरुलाइ हौसला दिने प्रशंसकको कर्तव्य नै हो ।

विभिन्न नाराको बीच एउटाले आवाज लगाए, “पुबुदु दासानायकेǃ” भीड समवेत स्वरमा चिच्यायो, “जिन्दाबादǃ”

नेपाली क्रिकेटका हेड कोच पुबुदु छुट्टीमा गएकाले टीमसँग नेपाल फर्किएनन् नत्र यो नाराले उनी प्रफुल्लित हुन्थे होलान् । खेलाडिसँगै प्रशिक्षकको जयजयकार कमै देखिन्छ । तर यो नारा उनको नेपाली क्रिकेटमा गरेको योगदानको प्रशंसाको रुपमा लिन सकिन्छ ।

प्रश्न उठ्छः क्रिकेटमा कोचको के महत्व हुन्छ?

Packed stadium was a norm in every match Nepal played during ACC T20 2013. Many spectators had to return empty handed as they did not get tickets, with the daily quota sold out.

विश्वकप होइन वान डे

आधा शताब्दी अघि, यसै साता (श्रम दिवसका दिन), बेलायतका दुइ काउन्टी लंकाशायर र लिसेस्टरशायर बीचको खेल हुदा शायदै कसैले सोचेका होलान् यो प्रतियोगिताले क्रिकेटको भविष्य ने बदलिनेछ ।

प्रतियोगिता थियो जिलेट कप, जसलाइ अहिले पनि पहिलो लिमिटेड ओभर (एक दिवसीय) प्रतियोगिता मानिन्छ । हुन त वर्षाले गर्दा खेल दुइ दिन चल्यो, तैपनि यो क्रिकेटको लागि कोशेढुंगा साबित भयो । यो भन्दा अघि क्रिकेट म्याचमा प्रत्येक टीम दुइ इनिङ्ग खेल्ने गर्थे र कुनै पक्षले खेल्ने ओभरको संख्यामा सीमा तोकिएको थिएन । तर कमैलाइ मात्र थाहा होला, वास्तवमा एक दिवसीय क्रिकेटको वास्तविक आरम्भ एक वर्षअघि नै भएको थियो, २ मे, १९६२ मा, लिसेस्टरशायर र र्डर्बीशायर बीच, मिडल्याण्ड्स नक आउट कपको नाम बाट ।

क्रिकेटको यो नयाँ स्वरुपको जन्मसंगै एउटा विवाद पनि जन्मियो, एक दिवसीयले क्रिकेटको पुरानो स्वरुप, टेष्ट म्याचलाइ नै नष्ट पार्ने त्रासको । स्वाभाविक रुपले प्रारम्भदेखि नै पुरातनपनथीहरुले एक दिवसीयलाइ मन पराएनन् । तर विवादले लामो समयसम्म स्वाभाविक विकास रोक्न सक्दैन । क्रिकेट कसरी अपवाद हुन सक्थ्यो । टेष्ट क्रिकेट चलिरह्यो एक दिवसीयको आगमन पछि पनि ।

Larry

द ल्यारी स्टोरी (The Larry Story)

एक दिन दुइ दिन गर्दै गांउबाट फर्केको पनि निकै भएछ । जानु भन्दा अघि आफैलाइ वाचा गरेको थिए गांउमा एउटा कथा लेख्छु । शहरिया बानी, गांउलाइ सानो आंक्ने । सजिलै जित्न सकिन्छ भन्ने । शहर बसुन्जेल कथाको एउटा क्यारेक्टरको बारेमा सोच्न नसक्ने तर गांउमा पुरै कथा भेटिन्छ भन्ने कन्फिडेन्स । या शायद भनौं शहरिया कायरता । शहरमा केहि गर्न नसकेको इन्फिरीयरिटी कम्प्लेक्सलाइ गांउमा मेटाउन खोज्ने प्रयास ।

आफ्नो गांउ जाने अवसर जुरेको पनि निकै अन्तरालमा पो रहेछ । दुइ चार वर्ष मात्र भन्ठानेको त, एक दशक भैसकेको रहेछ । एक दशक… झण्डै एक कालखण्ड । धेरै परिवर्तन भैसकेको होला, शायद त्यहां चिन्ने कोही नहोला, अझ म आफैले कसलाइ पो चिनुला र भन्ने डर ।